८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

आजको मौसमः केही ठाउँमा बदली‚ केही ठाउँमा सफा



काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको केही स्थानमा बदली रहने र केही स्थानको मौसम सामान्यतः सफा रहने छ।

बुधवार बिहान प्रदेश १ र मधेश प्रदेशमा र बाँकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रहे पनि अन्य भू(भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतः सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतः सफा रहने छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८ बुधबार ००:००  ७ : १५ बजे