७ असार २०८३, आइतबार | Sun Jun 21 2026

चुनावी तयारीबारे जानकारी दिन आयोगले बोलायो १७ पार्टीलाई



काठमाडौं ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तयारीबारे छलफल गर्न राजनीतिक दलहरूलाई आयोगमा बोलाएको छ।
आज बिहान ११स्३० बजे आयोगमा निर्वाचनका सन्दर्भमा राजनीतिक दलका प्रतिनिधिलाई हालसम्म भएका प्रगतिबारे जानकारी गराउने कार्यक्रम छ।
साथै मतपत्रलगायत विभिन्न विषयमा आयोगले रायसुझाव लिने तयारी गरेको छ। आयोगले मतपत्र र चिन्ह हरियो तथा स्वस्तिक छापको रङ निलो राख्ने निर्णय गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको थियो।

तर आयोगले मतपत्रको डिजाइन र रङ राख्ने क्षेत्राधिकार आयोगमा रहेको प्रष्ट पारिसकेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १७ राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको छ।
आयोगसँग दलका अपेक्षालगायत विषयमा पनि आज छलफल हुनेछ। आयोगले प्रत्येक राजनीतिक दलबाट दुई जनाका दरले प्रतिनिधि पठाउन भनेको छ।
आयोगमा स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन्।

प्रकाशित मिति : २७ फाल्गुन २०७८ शुक्रबार ००:००  ७ : ४८ बजे