७ असार २०८३, आइतबार | Mon Jun 22 2026

यस वर्ष कोरियाले साढे ९ हजार कामदार लैजाने, आवेदन खुल्यो



काठमाडौं ।

रोजगार अनुमति प्रणाली इपीएस मार्फत् दक्षिण कोरियामा कामदार पठाउनका लागि आवेदन खुला भएको छ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले आज सार्वजनिक सूचना प्रकाशित गर्दै ९ हजार ६ सय ५४ जनाको आवेदन खुलाएको हो। शाखाका अनुसार सन् २०२२ र २०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार ९ सय १४ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ श्रमिक लैजाने छ।

त्यसका लागि चैत १४ देखि २१ गतेसम्म आवेदन दिन सकिने छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्।

कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा २९ वैशाखदेखि १३ जेठसम्म तथा दोस्रो परीक्षा २४ जेठदेखि १६ असारसम्म हुनेछ भने उत्पादनमूलक क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा २० असारदेखि १० भदौ र दोस्रो परीक्षा १६ भदौदेखि २१ असोजसम्म हुनेछ।
सार्वजनिक सूचना अनुसार उत्पादनमुलक क्षेत्रमा पढाई र सुनाई गरी १०० पूर्णाङ्कको परीक्षामा उत्तीर्ण हुन कम्तिमा ५५ अंक ल्याउनुपर्नेछ। ९० पूर्णाङ्कको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तिमा ३६ अंक ल्याउनुपर्नेछ। २४ डलर परीक्षा शुल्क तोकिएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८ सोमबार ००:००  ८ : २८ बजे