७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कक्षा १२ को परीक्षा जेठ १६ देखि गर्ने निर्णय



काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ०७९ जेठमा गर्ने निर्णय गरेको छ। आज बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

‘जेठ १६ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय भयो,’ उनले भने, ‘थप विवरण बोर्डको वेबसाइटमा राख्छौं।’

परीक्षा ९ दिनसम्म सञ्चालन गर्ने तयारी छ। बोर्डले परीक्षाको तालिका छिट्टै प्रकाशन गर्ने बताएको छ।

प्रकाशित मिति : ४ चैत्र २०७८ शुक्रबार ००:००  ६ : १६ बजे