८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

माओवादी केन्द्रका नेता ठम्मरबहादुर विष्ट दलको सदस्यबाट निलम्बित



सुर्खेत ।

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ।

माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलले आज प्रेस विज्ञप्ति निकालेर विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएको हो।

दलका नेता महेन्द्रबहादुर शाहीले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा विष्टले दलको विधान विपरीत अभिव्यक्ति दिँदै आएको र सांसद पदबाट समेत राजीनामा दिएको सन्दर्भमा राजीनामा फिर्ता लिएर नियमित काममा फर्किन दिएको निर्देशनलाई अवज्ञा गरिएकाले दलको सदस्यबाट निलम्बन गरिएको उल्लेख छ।

विष्टले केही दिनअघि पार्टी परित्याग गरेको घोषणासँगै सांसद पदबाट पनि राजीनामा दिनु भएको थियो।

प्रकाशित मिति : ६ चैत्र २०७८ आइतबार ००:००  १ : ०२ बजे