८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

१२ औं कपिलवस्तु महोत्सव : आज लोक गायक पुस्कल शर्माको प्रस्तुति रहने



मायादेवी अनलाइन, जितपुर ।

१२ औं कपिलवस्तु महोत्सवमको सातौ दिन आज चर्चित लोक तथा दोहोरी गायक पुस्कल शर्मा, लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी, थारु गायक राज कुस्मीसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका निर्देशक रेस्मीले
बताउनुभयो ।

महोत्सवको छैँठौ दिन हिजो चर्चित आधुनिक गायक शिव परियार, लोक तथा दोहोरी गायक दिपक गरौंजा मगरसहित स्थानीय कलाकारले बेजोड प्रस्तुति राखेको उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताउनुभयो ।

यसैबिच महोत्सवको छैँठौ दिन मंगलबार १० हजार दर्शकले अवलोकन गरेका कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो । महासचिव पौडेलका अनुसार हिजो करिब २० लाख बराबरको आर्थिक कारोबार भएको छ ।

यस्तै १० औं कपिलवस्तु डान्स आईडलतर्फ हिजो १० जना प्रतियोगीहरुले नृत्य प्रस्तुत गरेका छन् । जसमध्ये एक जना प्रतियोगी बाहिरिएकी डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो । संयोजक खाँणका अनुसार बर्षा चौधरी प्रतियोगिताबाट बाहिरिएकी हुन् ।प्रतियोगिताबाट बाहिहिनेलाई आयोजकले सम्मान स्वरुप प्रसंशा पत्र प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८ बुधबार ००:००  ६ : ०७ बजे