२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

स्थानीय तहको निर्वाचनमा सबै जिल्लामा फरक फरक मतपत्र



काठमण्डौ ।

निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइनलाई शनिबारको बैठकमार्फत स्वीकृत गरेको हो ।

आयोग उच्च स्रोतका अनुसार ७७ जिल्लामा ७७ प्रकारका मतपत्र प्रयोग गर्नेगरी डिजाइन तयार पारिएको छ । ‘आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइन तयार पारेको छ, ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र प्रयोग गर्नेगरी डिजाइन तयार भएको हो, मतपत्रको आकार १७ देखि ५० लहरसम्मको हुनेछ,’ आयोग उच्च स्रोतले भन्यो ।

आयोगले मतपत्रमा रहने निर्वाचन चिह्न चार खण्डमा रहनेगरी डिजाइन तयार गरेको हो । राष्ट्रिय मान्यता प्राप्त दलबाहेक जिल्लागत विवरण आयोगमा बुझाएका अन्य दल र स्वतन्त्र उम्मेदवारलाई समेत चिह्न दिनेगरी ७७ वटै जिल्लाका लागि फरक फरक मतपत्र डिजाइन भएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०७८ आइतबार ००:००  ७ : ५५ बजे