७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

गुल्मीमा ४ वर्षीया बालिका बलात्कृत



गुल्मी ।

गुल्मीमा ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन्।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ९ का १६ वर्षीय किशोरले घरमा कोही नभएको मौका छोपी घरको कोठाभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले सोमबार पक्राउ गरेको हो।

ती किशोरले वैशाख १२ गते साँझ करिब पाँच बजे जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए।

किशोरलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको खरेलले बताए।

प्रकाशित मिति : २० बैशाख २०७९ मंगलबार ००:००  ३ : ०५ बजे