२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

स्वास्थ्य मन्त्री खतिवडा आचारसंहिता विपरीत चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी



हेटौंडा ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिता विपरीत पार्टी प्रचार प्रसार अभियानमा लागेका छन् । मन्त्री खतिवडा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

मंगलबार हेटौंडा उपमहानगरपालिकामा पाँचदलीय सत्ता गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनी सहभागी भएका हुन् ।निर्वाचन आचारसंहिताले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ । मन्त्री खतिवडा सरकारी नम्बर प्लेटको गाडीमा कार्यक्रमस्थलसम्म पुगेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७९ मंगलबार ००:००  ४ : ०२ बजे