८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

केपी ओली प्रजातन्त्रको खिलापमा छन् : देउवा



काठमाण्डौ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी ओली प्रजातन्त्रको खिलापमा रहेको अरोप लगाएका छन्।

पोखरामा आज आयोजित सभामा उनले भने, ‘ओलीजी प्रजातन्त्रको पक्षमा हुनुहुन्न, खिलापmमा छ।’

ओलीको आतङ्की शासन हटाउन गठबन्धन बनेको देउवाले बताए।संसदमा विरोध गर्दा भंग गरिदिहाल्ने गरेको भन्दै उनले संसद फिर्ता ल्याएपछि पनि चल्न नदिएको बताए।

‘विपक्षी पार्टीले संसदमा विरोध गर्न पाउँछ नि, हामीले विरोध गरेका थियौं, त्यही विरोध सहन नसकेर भंग गरिदिए,’ देउवाले भने, ‘ओलीजी संसदीय व्यवस्थाको पक्षमा पनि हुनुहुन्न।’

संविधानअनुसार भंग गर्नै नमिल्ने भएकाले आफूहरु अदालत गएर संसद फिर्ता ल्याएको देउवाले बताए। गठबन्धन सबैभन्दा बढी आवश्यक कांग्रेसलाई परेको उनको दाबी छ।
‘गठबन्धन अघि हाम्रो अवस्था कस्तो थियो,’ उनले भने, ‘आज पोखरामा कांग्रेसको मुख्यमन्त्री छ, प्रचण्ड र माधवजी उदार भएर कांग्रेसलाई सरकारमा ल्याएको छ।’

गठबन्धन विरोधी काम नगर्न आग्रह गर्दै देउवाले विरोधमा जानेलाई कारबाही गर्ने चेतावनी दिए।पोखराको मेयरमा धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाटलाई जिताएर गठबन्धन जोगाउन उनले आग्रह गरेका थिए।

प्रकाशित मिति : २५ बैशाख २०७९ आइतबार ००:००  २ : २९ बजे