२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कपिलवस्तुमा पोखरीमा डुबेर ४७ वर्षीय पुरूषको मृत्यु



कपिलवस्तु ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित पोखरीमा डुबेर एक पुरूषको मृत्यु भएको छ। छारे रोगबाट ग्रसित स्थानीय ४७ वर्षीय सत्य नारायण पासी भुलुवा आइतबार राति गाउँ नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक जेशी शाहले राति मृत अवस्थामा पोखरीमा फेला परेका थिए। स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवलाई पोस्टमर्टमका लागि कपिलवस्तु अस्पताल लगिने प्रहरी नायब उपरीक्षक शाहले बताए। मृतक पासीले रेक्सा चलाएर जीवन गुजारा गर्दै आएका थिए।

प्रकाशित मिति : २३ जेष्ठ २०७९ सोमबार ००:००  ११ : ३६ बजे