८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरियालाई पेनाल्टी घातक, मेक्सिको २–१ ले विजयी



एजेन्सी, मस्को ।
खेल सुरु भएको पहिलो मिनेट देखि नै विपक्षी पोस्ट्मा आक्रमण बुनेको मेक्सिकोले एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियालाई २–१ गोलले पराजित गरेको छ । समूह ‘एफ’ अन्तर्गत शनिबार राति भएको खेलमा दक्षिण कोरिया मेक्सिकोसँग पराजित भएको हो ।
पहिलो हाफको २४औं मिनेटमा कोरियाका हुयोन सो जाङले डीबक्सभित्र फल खेलेपछि रेफ्रीले मेक्सिकोलाई पेनाल्टी प्रहारको अवसर दिए । कार्लोस भेलाले पेनाल्टीमा गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए ।
पहिलो हाफमा १–० गोलले पछि परेको दक्षिण कोरियाले आक्रामक खेल खेल खेल्यो। लगातार विपक्षी पोस्ट्मा प्रहार गरेको कोरिया फिनिसिङमा कमजोर देखिँदा दोस्रो हाफको ६६ औं मिनेटमा मेक्सिकोले अग्रता दोब्बर बनायो । हार्भिङ लोजानोले उपलब्ध गराएको सुन्दर पासमा गोल गर्दै जाभियर हर्नान्डेजले मेक्सिकोलाई २–० को अवस्थामा पु¥याए । त्यसपछि ९० मिनेटसम्म कतैबाट गोल हुन सकेन। थपिएको समयको तेस्रो मिनेटमा कोरियाका लागि मिन सुनले उत्कृष्ट गोल गरे।
दक्षिण कोरियाले रुस विश्वकपको आफ्नो पहिलो खेलमा स्विडेनसँग १–० गोलले पराजित भएको थियो। भिडियो असिस्टेन्स रेफ्री (भीएआर) को सहायतामा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्विडेनले दक्षिण कोरियालाई स्तब्ध बनाएको थियो।
सन् २००२ मा आफ्नै देशमा भएको विश्वकपमा चौथो भएको दक्षिण कोरिया त्यसपछिका संस्करणमा दोस्रो चरणभन्दा अगाडि बढ्न सकेको छैन । सन् २०१० को विश्वकपमा पनि दक्षिण कोरिया दोस्रो चरणसम्म पुगेको थियो ।

प्रकाशित मिति : ९ असार २०७५ शनिबार ००:००  ६ : ५४ बजे