१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अर्घाखाँचीमा बिकास निर्माण तथा सुशासनबारे अन्तरक्रिया



बिष्णु कुमार आले, अर्घाखाँची ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्लाको बिकास निर्माण तथा सुशासन सम्बन्धि अन्तरक्रिया कार्यक्रम मिलन केन्द्रको हलमा बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा नगरपालिका तथा गाउपालिकाहरूले गत आ .ब .२०७४ र २०७५ को प्रगति प्रतिबेदन आगामी बर्षका लागि बिनियोजित बजेट बिबरण,आगामि कार्यक्रम का बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कार्यलय प्रमुख हरुले पनि आफ्नो आफ्नो कार्यलयले गरेका काम को प्रगति बिबरण पेस गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको अध्यक्षता, प्रतिनिधि सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सदस्य रामजि प्रसाद घिमिरे, जाल्पा भुसाल, निर्मला क्षेत्री लगायत राजनीतिक दलका नेताहरु उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७५ बिहिबार ००:००  ३ : ०५ बजे