८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

चीन भ्रमणमा पाकिस्तानी प्रधानमन्त्री सरिफ



इस्लामावाद ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चीनको भ्रमण सुरु गरेका छन्। प्रधानमन्त्री सरिफ एक उच्चस्तरीय प्रतिनिधिमण्डलसँगै मंगलबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन्।

दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री सरिफले चीनका राष्ट्रपति सी चीन फिङलाई भेट्न जाँदैछन्।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशन सकिएपछि सीले पार्टी महासचिवको रूपमा तेस्रो कार्यकाल पाएको केही दिनपछि सरिफ चीन पुगेका हुन्। चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा सरिफले भ्रमण गरेका हुन्। सरिफसँगै विदेशमन्त्री बिलावल भुट्टो जरदारी पनि भ्रमणमा छन्।

भ्रमणका क्रममा सरिफलले ६५ अर्ब डलर लगानीको चीन पाकिस्तान आर्थिक करिडरलगायतका विषयमा छलफल गर्नेछन्।

प्रकाशित मिति : १६ कार्तिक २०७९ बुधबार ००:००  ९ : १४ बजे