३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

वाणगंगाका बालक घरबाटै बेपत्ता, खोजी गरिदिन परिवारको अपिल



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको वाणगंगाका एक बालक यही श्रावण १७ गतेदेखि सम्पर्क विहीन भएका छन् । वर्ष १३ का अनिस थारु नाम गरेका बालक वाणगंगा नगरपालिका वडा नं १ मन्द्रेलीटोल स्थित आफ्नै घरबाट आइतबार दिउँसो करिब १ बजेतिर सम्पर्क विहीन भएका हुन् । घरबाट खाली खुट्टामै हिँडेका बालकले खरानी रङ्गको टिसर्ट, कालो रङ्गको हाफ पाइन्ट लगाएको उनकी आमा लक्ष्मी थारुले जानकारी दिनुभयो । बाल माध्यमिक विद्यालय बैरियाको कक्षा ६ मा अध्ययनरत करिब ४.५ फिट अग्लो कद भएको, कालो वर्ण, सानो कपाल, घुँडामा काटिएको दाग भएको बालकलाई कोही कसैले फेला पार्नुभएमा निजकी आमाको मोबाइल नम्बर ९८००७६०५४९ मा अथवा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन परिवारले आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३ सोमबार ००:००  ४ : ०९ बजे