२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

निहारिकाको बच्चा र आरोपी शिवराजको डीएनए मिल्यो



काठमाण्डौ ।
महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए मिलेको छ ।

राजपुतले श्रेष्ठले आफूमाथि बलात्कार गरेपछि बच्चाको जन्म भएको दाबी गर्दै उनीसँग बच्चाको डीएनए परीक्षणको माग गर्दै लामो समय सङ्घर्ष गर्नुभएको थियो । राजपुतको बच्चा र आरोपित श्रेष्ठको डीएनए रिपोर्ट म्याच भएको नतिजा अदालतसम्म आइपुगेको उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कात्तिक २५ गतेका लागि पेसी तोकिएको छ । गएको भदौ २४ गते दुवैको डीएनए परीक्षण भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९ शुक्रबार ००:००  ५ : ३२ बजे