८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

स्वतन्त्र उम्मेदवार थापालाई हाम्रो पार्टीको समर्थन



बुटवल ।
आगामी मङ्सिर ४ को निर्वाचनका लागि रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका रूपसिंह थापालाई हाम्रो नेपाली पार्टीले समर्थन गर्ने भएको छ ।

उक्त पार्टीको लौरो चिन्ह लिएर उम्मेदवार बनेका कमल भुसाल (निकोलस) को उम्मेदवारी खारेज भएपछि थापालाई सहयोग गर्ने सहमति भएको लुम्बिनी प्रदेश संयोजक इसा खड्काले बताइन् ।

उम्मेदवार थापाले गरेको आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक इसाले स्वतन्त्रहरूलाई नै जिताउने आफूहरूको अभियान भएकाले थापालाई मतदान गर्न आग्रह गरिन्।

उनले आफूहरूका उम्मेदवार डा कमल भुसालको उम्मेदवारी खारेज भएपछि आफूहरू विचार मिल्ने र काम गर्ने सक्ने क्षमता देखेर थापालाई समर्थन गरेको बताइन् ।

पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार थापाले मुलुकको तमाम समस्यालाई ध्यानमा राखेर आफू उम्मेदवार भएको जिकिर गरे ।

प्रकाशित मिति : २५ कार्तिक २०७९ शुक्रबार ००:००  २ : ३५ बजे