२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सप्तरीमा घाँटी रेटेर एकजनाको हत्या



सप्तरी

कञ्चनरूप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ।

मंगलबार घाँटी रेटिएको अवस्थामा उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा फेला परेको हो। उनी सोमबार रातिदेखि बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको बताए। ‘तालिमप्राप्त कुकुरद्वारा घटनाको अनुसन्धान अघि बढाएका छौँ’, उनले भने।

प्रकाशित मिति : १४ मंसिर २०७९ बुधबार ००:००  ८ : ५३ बजे