२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मोटरसाइकल दुर्घटनामा २० वर्षीय युवकको मृत्यु



नवलपरासी ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको सूर्यपुरामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

सो गाउँपालिकाको सूर्यपुरा गण्डक नहरको बाँधमा मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएको प्रतापपुर गाउँपालिका ७ सूर्यपुरा निवासी २० वर्षीय राहुल नेटुवाको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।

गत सोमबार प्रतापपुरको सूर्यपरास्थित भारतीय गण्डक नहरमा तीव्र गतिमा चलेको भारतीय नम्बर प्लेट युपी ५६ एफ ४१७७ नम्बरको मोटरसाइकलमा सवार प्रतापपुरका राहुल नेटुवा घाइते भई उहाँलाई उपचारका लागि जिल्ला अस्पताल परासीमा भर्ना गरिएको थियो । उपचारका क्रममा आज दिउँसो नेटुवाको मृत्यु भएको छ । उहाँसँगै मोटरसाइकलमा सवार चञ्चल नेटुवा घाइते हुनुभएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९ बुधबार ००:००  ५ : १५ बजे