६ असार २०८३, शनिबार | Sun Jun 21 2026

तानसेन-तम्घास सडकखण्ड दैनिक १० घण्टा बन्द हुने



बुटवल ।

तानसेन-तम्घास सडकखण्ड आजदेखि १५ दिनसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ।

सडक डिभिजन कार्यालय पाल्पाले जारी गरेको सूचना अनुसार तानसेन–रिडी–तम्घास सडकखण्डको सिरुखर्क–माल्मुल क्षेत्रमा सडक चौडा गर्नका लागि बाठो बन्द गरिएको हो।

सिरुखर्क–माल्मुल क्षेत्रमा आजदेखि आगामी पुस ७ गतेसम्म बिहान ५ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र बेलुका ६ देखि ९ बजेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी निरञ्जन शर्मा अर्यालले जानकारी दिए।

निर्माण कार्यको बेला एम्बुलेन्स, सुरक्षा निकाय र अत्यावश्यक बाहेकका अन्य सवारीसाधनलाई रोक लगाइने उनले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७९ बिहिबार ००:००  ३ : १४ बजे