२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

समानुपातिक सांसद चयन गर्न एमालेको सचिवालय बैठक बस्दै



काठमाण्डौ ।

नेकपा एमालेले समानुपातिक सांसद चयन गर्न र चुनावी समीक्षाका लागि सचिवालय बैठक राखेको छ।

शुक्रबार सचिवालय बैठक बस्नेछ। एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए।

उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ।

एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्न लागिएको हो।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन भनेको थियो। तीन दिनभित्र नाम पठाउन आयोगले दलहरूलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २३ मंसिर २०७९ शुक्रबार ००:००  ७ : ०४ बजे