२७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026

आज विश्वकपका दुई खेल : पोर्चुगल र मोरक्को, फ्रान्स र इंग्ल्यान्ड भिड्दै



काठमाडौं ।

आज विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलका दुई खेल हुँदैछन्। कतारमा जारी फिफा विश्वकपमा आज क्वाटरफाइनलको पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। अल थुमा स्टेडियममा यो खेल राति ८स्४५ बजे सुरु हुनेछ।

क्वाटरफाइनलको खन्तिम खेलमा साविक विजेता फ्रान्सले इंग्ल्यान्डको सामना गर्दैछ। अल बायतमा स्टेडियममा हुने यो खेल शनिबार राति १२स्४५ बजे सुरु हुनेछ।

शुक्रबार राति भएका क्वाटरफाइनलका दुई खेलमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया र नेदरल्यान्ड्लाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

प्रकाशित मिति : २४ मंसिर २०७९ शनिबार ००:००  ७ : ५३ बजे