६ असार २०८३, शनिबार | Sun Jun 21 2026

स्याङ्जामा पर्खालले थिचिँदा मजदुरको ज्यान गयो



स्याङ्जा ।

स्याङ्जाको वालिङमा पर्खालले थिचिँदा एक मजदुरको ज्यान गएको छ । हिजो वालिङ नगरपालिका–८ डुम्रिकोटमा रहेको डुम्रिकोट–मिर्दी सडक खण्डमा काम गर्ने क्रममा पर्खालले थिचिँदा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको ज्यान गएको हो ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक बिनोद सुवेदीका अनुसार सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा गम्भीर घाइते चेपाङको उपचारका क्रममा वालिङमा रहेको गह्रौँ प्राथमिक अस्पतालमा ज्यान गएको हो।

प्रकाशित मिति : २ पुस २०७९ शनिबार ००:००  ८ : ३७ बजे