८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नयाँ सरकार नेतृत्व कांग्रेसले नै गर्नुपर्छ : कल्याण गुरुङ



काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय दसस्य कल्याण गुरुङले नयाँ सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताएका छन्।​ मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट कांग्रेस पहिलो दल बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने उनले बताए।

‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको आधिकारिक मत र परिणाम सार्वजनिक भई सकेको छ’, उनले भने, ‘अब बन्ने संघीय सरकार नेपाली कांग्रेस नेतृत्वमा हुनु पर्छ। प्रधानमन्त्री नेपाली कांग्रेसको हुनुपर्छ।’

सात वटा प्रदेशको मुख्यमन्त्री पनि सम्भव भएसम्म कांग्रेसले लिने गम्भीर पहल गर्नुपर्ने उनले बताए।

प्रकाशित मिति : ३ पुस २०७९ आइतबार ००:००  ९ : ३५ बजे