७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा पौडेल



मायादेवी अनलाइन, बाणगंगा ।
उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा खिमानन्द पौडेल ‘कोपिल’ सर्वसम्मत चयन भएका छन् ।

मंगलबार भएको संघको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा २९ सदस्यिय कार्यसमिति चयन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा यम बहादुर केसी ‘ओम’, महिला उपाध्यक्षमा गीता पौडेल, एसोसियट उपाध्यक्षमा अनुप चौधरी, बस्तुगत उपाध्यक्षमा बेदराज नेपाली, उद्योग उपाध्यक्षमा नेत्र पाण्डे, वाणिज्य उपाध्यक्ष शंकर भाट क्षेत्री, खुला उपाध्यक्षमा हेमनाथ पौडेल, महासचिवमा बासुदेव खनाल, कोषाध्यक्षमा सालिकराम आचार्य, सचिवमा होतराज पोख्रेल ‘शिशिर’, सह कोषाध्यक्षमा गोविन्द पौडेल चयन भएका छन् ।

तीन सदस्यीय लेखा समितिको संयोजकमा विष्णु सापकोटालाई जिम्मेवारी दिइएको संघले जनाएको छ ।

हालै स्थापना भएको उद्योग व्यापार संघ कपिलवस्तुको संस्थापक अध्यक्ष हुमनाथ पौडेल हुन् । पौडेलले कपिललाई अधिवेशन मार्फत नेतृत्व हस्तान्तर गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७९ बुधबार ००:००  ७ : १० बजे