२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा



रुपन्देही ।

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठक रुपन्देहीमा हुने भएको छ । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न संगठनले यही माघ २७ र २८ गते रुपन्देहीमा केन्द्रीय कार्य समितिको बैठक गर्ने भएको हो ।

संगठन रुपन्देहीका अध्यक्ष प्रेमप्रसाद खनालले दिएको जानकारी अनुसार संगठनको केन्द्रीय कार्य समितिको बैठक रुपन्देहीमा बस्ने गरी तयारी भएको छ ।

दुई दिन बस्ने बैठकको पूर्व सन्ध्यामा माघ २६ गते संगठनको सचिवालय बैठक बस्ने गरी संगठनको केन्द्रीय पदाधिकारीको बैठकबाट निर्णय भएको बताइएको छ ।

नेकपा एमाले निकट मानिने उक्त संगठनको बैठकमा सहभागी हुन १६८ जना केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्यका साथै विभिन्न आयोगका संयोजक एवं सम्पूर्ण प्रदेश कमिटीका अध्यक्षहरू रुपन्देही आउन लागेको संगठनका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०७९ शनिबार ००:००  ४ : १५ बजे