२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रतिनिधिसभाको बैठक भोलि बस्ने



काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आइतबार (भोलि) बस्दै छ । वर्तमान संसद्को पहिलो अधिवशेनको सातौँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

भोलिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा त्यसअघि शून्य र विशेष समयमा सांसदहरूले विभिन्न विषयमा आफ्नो धारणा राख्न सक्नेछन् ।

प्रकाशित मिति : २१ माघ २०७९ शनिबार ००:००  २ : ५७ बजे