२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प



एजेन्सी ।
टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प गएको छ। सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युड र लगत्तै ३ मिनेटपछि ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएको हो।

नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको र सयौं घाइते भएको बीबीसीले जनाएका छ। भूकम्पको सिरियामा पनि प्रभाव परेको छ।

केही समय अगाडिमात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशालि भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो। ती भूकम्पका कारण कमजोर भएका भवनहरू सोमबारको नयाँ भूकम्पले ध्वस्त भएका छन्। थप विवरणहरु आउँन बाँकी छ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९ मंगलबार ००:००  ७ : ४० बजे