७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मेस्सीले छाडे पीएसजी



एजेन्सी ।
अर्जेन्टिनी स्टार लियोनल मेसीले आफू आबद्ध फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजसी) क्लब छाडेका छन्।

पीएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले यसबारे पुष्टि गरेका गोल डटकमले लेखेको छ। मेस्सीलाई साउदी अरेबियाको प्रस्ताव आएको पनि ग्याल्टियरले पुष्टि गरेका छन्। मेस्सीले आफ्नो सम्झौताको म्याद सकिएपछि क्लब छोड्ने उनले बताए।

अब सम्भवतः मेस्सीलाई क्रिस्टियानो रोनाल्डोसँगै साउदी क्लबमा देख्न सकिनेछ, उनले भनेका छन्।

गाल्टियरले थपे, ‘मैले फुटबलको इतिहासमा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने सुअवसर पाएको छु। पार्क डेस प्रिन्सेसमा क्लर्मन्टविरुद्ध मेस्सीको अन्तिम खेल हुनेछ।’

फ्रेन्च लिग उपाधि जितिसकेको पीएसजीले अब लिगमा एक खेल खेल्न बाँकी छ। मेस्सीले यो सिजन लिगमा १६ र च्याम्पियन्स लिगमा ४ गरी २० गोल गरेका छन् भने लिगमा १६ वटा असिस्ट पनि गरेका छन्।

उनी सन् २०२१ मा स्पेनी क्लब बार्सिलोनाबाट पीएसजी पुगेका थिए।

प्रकाशित मिति : १८ जेष्ठ २०८० बिहिबार ००:००  १० : ११ बजे