काठमाडौँ ।
गत असार ३ गते आइतबार काठमाडौँको सबैभन्दा ठुलो तरकारी बजार कालीमाटीमा एउटा अचम्मको घटना भयो । त्यो घटना थियो सडकभरी ‘टमाटर फालिनू’ ।
कालोपत्रेले कालो देखिएको सडक त्यो दिन रक्ताम्यजस्तो देखिन्थ्यो । किनकि पाकेर राता भएका टमाटर किसानले सडकमा फालेका थिए । किसानले फालेको करिब ३० हजार किलो गोलभेँडा हटाउन करिब ६० हजार रुपैयाँ खर्च भएको जानकारीमा आएको छ ।
न्यूनतम मूल्यमा गोलभेंडा बेच्नु परिरहेको किसानको गुनासो छ । तर, त्यही गोलभेंडा खुद्रा पसलबाट भने प्रतिकेजी ३५ देखि ४० रुपैयाँमा उपभोक्ताले किन्नु परिरहेको छ ।
त्यहि टमाटर फालेको विषयले अहिले संसददेखि सडकसम्म चर्चा पाएको छ । किसानले स्वभाविक रुपमा यसरी सडकमा टमाटर मिल्काएकी विचौलियाको प्रभावमा परेर यसो गरे अहिले अनुसन्धानमा छ । यसपछि सरकारले टमाटर फालेको विषयमा अस्वभाविक रहेको भन्दै छानबिन नै थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कालीमाटीमा टमाटर फाल्ने कार्यमा किसानको सहभागिता नरहेको प्रारम्भमा जानकारी दिएको छ ।
किसानबाट न्यून मूल्यमा तरकारी खरिद गर्ने र उच्च भाउमा बेच्ने प्रवृत्तिलाई अन्त्य गर्न किसानबाट खरिद गर्ने मूल्य बढाउन र बिक्री मूल्य घटाउन कालीमाटी फलफूल तथा तरकारी व्यवस्थापन समितिलाई निर्देशन दिएको भोलिपल्ट नै टमाटर फाल्ने काम भएपछि रणनीति अनुसार नै भएको स्रोतको भनाई छ ।
दुःख गरेर आफैंले उब्जाएको तरकारी कसरी किसानले सडकमै फाल्न सक्छन् त ? ‘टमाटर फाले पनि किसानले आफ्नो बारीमा फाल्न सक्छन्, बारीमा फालेको भए मल हुन्थ्यो’ एक जना किसानले भने ‘यस घटनामा विचौलियाको हात रहेको हुन सक्छ,’ भारतीय तरकारी, टमाटरको ब्यापारमा लाग्ने विचौलियाले किसानलाई उक्साएर यो सबै गरेका हुन् ।’
मन्त्रालयले छानविन गर्ने भनेपछि टमाटर फाल्ने व्यापारीले माफी पनि मागेको खुलेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा केही दिन लगातारजसो टमाटरले मूल्य नपाएको भन्दै केही व्यापारी धाइरहेका थिए । बजारमा रु. ४० मा टमाटर किनेर खान बाध्य उपभोक्ता भएपनि किसानले रु. १३ रुपौयाँमा टमाटर बेचेको सूचना दिने काम ती व्यापारीले गरेका थिए ।
किसानले टमाटरको मूल्य नपाएको भनेपछि कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले के कति कारणले टमाटरले मूल्य नपाएको हो स्थलगत निरिक्षणमा एक टोली खटाएका थिए । बालाजुमा रहेको कालिमाटी तरकारीको शाखामा उनले स्थलगत अनुगमन समेत गरेका थिए । अनुगमनका क्रममा एउटै घरको तल्लो तला र माथिल्लो तलाको मूल्य फरक पाइएको थियो ।
टमाटरले मूल्य नपाएको तर विचौलिया मालामाल भएको सूचना पाएपछि मन्त्री भुसालले मालिमाटी तरकारी बजारको अनुगमनका लागि एक टोली खटाएका थिए । टोली गत शनिबार विहान ३ बजेनै स्थलगत अनुगमनमा निस्किएको थियो ।
मन्त्री भुसालले आफ्नो निवासमा शनिबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष मदन भुजेल, कार्यकारी निर्देशन पुडासैनी लगायत समितिलाई राखेर तीन थरी मूल्य निर्धारण गर्न निर्देशन दिएका थिए ।
स्रोत भन्छ, त्यहाँ किसानको नाममा व्यापारी समेत संलग्न थिए । तीन थरी मूल्य राख्ने विषय कतिपयले मानेका थिएनन् । मन्त्रीको निर्देशनमा किसानबाट थोकमा, थोकबाट खुद्रा र खुद्राबाट किसानसम्म पुग्ने मूल्य तोक्न कालिमाटीलाई निर्देशन दिइएको थियो । उक्त निर्देशन प्रति कतिपय असंन्तुष्ट थिए ।
अर्को दिन आइतबार काठमाडौंबाट टमाटर मगाएर व्यापारीले कालिमाटीमा एकाएक टमाटर फाले । यसो गर्दा मन्त्रीको आलोचना हुनेमा व्यापारी विश्वस्त थिए । टमाटर फ्याँक्ने मध्ये कतिपय व्यापारी दलका नेता नै रहेको पाइएको छ ।
गत बर्ष यो सिजनमा टमाटरको मूल्य बढी भएको देखेपछि किसानसँग सहमति गरेर तिनै विचौलियाले टमाटरको उत्पादन बढाउन भनेको समेत पाइएको छ । स्रोत भन्छ, ‘विचौलियाले किसानसँग तीस रुपैयाँ दिने गरी सहमति गरेका थिए । त्यो मूल्य नपाउने देखेपछि व्यापारीले किसानको नाममा टमाटर फ्याँक्न लगाएका हुन् । बजारमा टमाटर पोखेर कृत्रिम अभाव सिर्जना गराउने र सरकारलाई असफल बनाउन हरेक तवरमा उनीहरु लागि परेका छन् ।’
कालिमाटीमा टमाटर फाल्ने व्यापारी मागे माफि
कालिमाटी फलफूल तथा तरकारी केन्द्रमा टमाटर फाल्ने व्यापारीले अन्ततः माफि मागेका छन् । टमाटर फालेर आफ्नो स्वार्थ पूरा गर्न थालेका व्यापारीको योजना सबै सार्वजनिक भएपछि व्यापारी अन्ततः माफि माग्ने तहमा पुगेका हुन् । विश्वस्त स्रोतका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रमुख डालप्रसाद पुडासैनीसँग टमाटर सडकमा फाल्ने व्यापारीले आफूहरुले गल्ती गरेको र आगामी दिनमा यस्तो नगर्ने बताएका छन् ।
कुन व्यापारीले यो काम गरेको हो त्यो भने खुल्न सकेको छैन् । यद्यपि व्यापारीका नेताहरुले त्यो आफूहरुबाट गल्ती भएको स्विकार गरेका छन्, स्रोतको दाबी छ ।
व्यापारीले मूल्य बढाउने नाममा टमाटर फ्याँकेका थिए । सुरुवातमा किसानले टमाटर पोखेको भनेर प्रचार गरिए पनि अन्ततः त्यो नभएको पाइएको थियो । सेटिङ मार्फत मूल्य बढाउने नाममा व्यापारीले टमाटर फाल्ने कार्य गरेको घटना सार्वजनिक भएपछि मन्त्रालय छानबिनमा लागेको थियो ।
व्यापारीले आम उपभोक्ताई रु. चालिस रुपैयाँ प्रतिकिलो टमाटर बचिरहेका छन् । किसाले भने रु. १३ रुपैयाँमा टमाटर बेच्न बाध्य छन् । किसानले प्रतिकिलो टमाटर फलाउन ३० रुपैयाँ खर्च लाग्ने गर्छ । किसानको टमाटर नबिकेको थाहा पाएपछि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले गम्भीरतापूर्वक चासो लिएका थिए ।
सोही बमोजिम शनिबार आफ्नै निवासमा मन्त्री भुसालले छलफल गरेर तीन तहको मूल्य तोक्न कालिमाटीलाई निर्देशन दिएका थिए । किसानले थोकलाई विक्रि गर्ने मूल्य, थोकले खुद्रालाई विक्रि गर्ने मूल्य र खुद्राले उपभोक्तलाई बेच्ने मूल्य तह गर्न मन्त्रीको निर्देशन थियो । कालिकाटीका सन्चालकले भने त्यसो नगर्न आग्रह गरेका थिए । किसानको नाममा व्यापारीको भूमिका निभाइरहेका ती व्यापारी मूल्य समायोजनको विरुद्धमा थिए ।







प्रतिक्रिया