६ असार २०८३, शनिबार | Sat Jun 20 2026

भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि फर्काइयो काठमाडौं



काठमाडौं ।
भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमै फिर्ता गरिएको छ।

काठमाडौंबाट बिहीबार भैरहवा उडेको ८५७ जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।

९ एन-एएनपी जहाजलाई प्राविधिक टोलीले परीक्षण गरिरहेको बुद्ध एयरले जनाएको छ।

यात्रुहरूलाई अर्को जहाजबाट भैरहवा पठाउने तयारी छ।

प्रकाशित मिति : २५ श्रावण २०८० बिहिबार ००:००  ४ : २० बजे