७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

दाङमा ८ वर्षीया बालिकामाथि बलात्कार



दाङ ।

दाङमा ८ वर्षीया बालिकामाथि बलात्कार भएको छ।

असोज २४ गते बेलुकी देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा बालिकामाथि बलात्कार भएको हो।

पीडित परिवारले यसबारे प्रहरीलाई घटना पछि नै मौखिक जानकारी गराएका थिए। यद्यपि जाहेरी भने बुधबार मात्रै पाएको थियो। बुधबार जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको कार्यालय प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए।

बालिकाकी हजुरबुवाले प्रहरी कहाँ जाहेरी दिएका थिए। भालुवाङमा पिङ खेल्न भनेर जाँदा अपरिचित व्यक्तिले बलात्‍कार गरेको जाहेरीमा उल्लेख छ। पीडित बालिकाले पुरूषलाई पहिचान गर्न नसकेकाले अनुसन्धानमा समस्या भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनाबारे प्राविधिक रूपमा अनुसन्धानमा लागि रहेको उनले बताए। पीडित बालिकाले बेलुका फर्केपछि आफ्नी आमालाई घटनाबारे बताएपछि नजिकैको प्रहरीलाई खबर गरेकी थिइन्।

त्यसपछि इलाका प्रहरी कार्यालय भालुवाङ मार्फत ती नाबालिकाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य उपचार र परीक्षण भएको थियो। त्यो परीक्षण रिपोर्ट प्राप्त भइनसकेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २ कार्तिक २०८१ शुक्रबार ००:००  ९ : ०८ बजे