१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

वडा नम्बर ८ को गुणस्तरीय शिक्षामा नयाँ कार्यक्रम


१८ आश्विन २०७५ बिहिबार ००:००  

0
Shares

मायादेवी अनलाइन, चारनम्बर ।
सामुदायिक विद्यालय प्रतिको आकर्षण घट्दै गईरहेको बेला वाणगंगा नगरपालिका ८ नम्बर वडाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा नयाँ अवधारणा अघि सारेको छ । नयाँ अवधारणा अनुसार विद्यालयको शैक्षिक गुणस्तरका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा जनप्रतिनिधी सकृय भएका छन् । वाणगंगा नगरपालिका वडा नम्बर ८ ले आफनो वडा भित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर तथा व्यवस्थापन सुधार गर्न मासिक घुम्ती वैठक तथा अनुगमन गर्न थालेको हो । वडा स्तरीय अनुगमन समितिले शैक्षिक क्षेत्रमा सुधार ल्याउन वडाको ठोस योजना अघि सारेको हो । अनुगमन समिति, प्रद्यानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको संजाल सकृय हुँदा विद्यालयको शैक्षिक गुणस्तर तथा व्यवस्थापन सुधारमा राम्रो संकेत देखिएको छ । जसको उदाहरण सूर्योदय प्रा.वि. चप्परगाउँमा देखिएको छ । घुम्ती वैठक तथा अनुगमनपछि विद्यालयको सरसफाई, फोहोरमैला व्यवस्थापन, शौचालय, रंगरोगन, शैक्षिक तथा भौतिक व्यवस्थापनमा व्यापक सुधार आएको छ ।
वाणगंगा नगरपालिकाका वडा अध्यक्ष ८ गुणनिधी भुसालले शिक्षा संजालले प्रत्येक विद्यालयमा घुम्ती वैठक आयोजना गर्दछ र विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा तत्काल काम गर्दछ भन्नुभयो । वाणगंगा नगरपालिकामा नयाँ अभ्यास शुरु गरेका छौं वडा अध्यक्ष गुणनीधि भुसालले भन्नुभयो – वडा भित्रका विद्यालय बीचको सिकाई आदान प्रदान तथा अन्तर विद्यालय अनुगमनबाट विद्यालयको शैक्षिक तथा भौतिक पक्ष राम्रो नराम्रो सवै छुट्टिने बताउनुभयो । वडाले अघि सारेको निती अनुसार सामुदायिक विद्यालयको समग्र शैक्षिक गुणस्तरमा परिवर्तन ल्याई आगामी ४ वर्ष भित्रमा वडाका सवै विद्यालय नमुना बनाउने अध्यक्ष भुसालको दावी छ । वडा भित्रका विद्यालयलाई वडा तथा नगरपालिकाबाट आवश्यक सहयोग पु¥याइने बताइएको छ ।
वडाले विद्यालयमा बालबालिकालाई ल्याउने, टिकाउने र सिकाउने अभियानलाई सार्थकता दिन शिक्षासंग सम्बद्ध सवै सरोकारवाला परिचालन गरिने वडाका शिक्षा संयोजक गिता भुसालले बताउनुभयो । वडा स्तरीय शिक्षा संजालले समग्र वडाको शिक्षा योजना निर्माण गरिने बताइएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ८ मा पाँच सामुदायिक विद्यालय, ६ वटा बालविकास तथा मन्टेश्वरी सहित ४ निजी क्षेत्रका विद्यालय रहेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७५ बिहिबार ००:००  ५ : ४१ बजे