२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

सञ्चार क्षेत्रको विश्वसनीयता माथि प्रश्न उठ्यो : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाण्डौ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सञ्चार क्षेत्रको विश्वसनीयता माथि प्रश्न उठेको टिप्पणी गर्नुभएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले सञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्या्दित र विश्वसनीय बनाउन चाहेको पनि स्पष्ट पार्नुभयो ।
आज प्रदेश ५ पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको दसैंको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाले सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण नगरेको दाबी पनि गर्नुभयो ।
उहाले ठूलाठूला मिडिया हाउसका कारण पनि नेपाली सञ्चार क्षेत्र मारमा पर्ने गरेको तर्क गर्नुभयो। परराष्ट्रमन्त्री ज्ञवालीले संविधानले पत्रकारहरुको हक, हितका लागि आवश्यक व्यवस्था गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान सञ्चार माध्यमहरु पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २७ आश्विन २०७५ शनिबार ००:००  ९ : २१ बजे