७ असार २०८३, आइतबार | Mon Jun 22 2026

छुरा प्रहारबाट एक पुरुष घाइते



इलाम । फाकफोकथुम गाउँपालिका–३ मा छुरा प्रहारबाट एक जना घाइते भएका छन्। स्थानीय डिकबहादुर पाण्डेले मादक पदार्थ सेवन गरी कुखुराको पैसा नदिएको निहुँमा छुरा प्रहार गर्दा ४५ वर्षीय नैनसिंह अधिकारी घाइते भएका हुन्। उनको दाहिने पाखुरामा चोट लागेको प्रहरी चौकी एकतप्पाका सई भूपेन्द्र ढुङगानाले जानकारी दिनुभयो। घाइते अधिकारीको पाखुरा ७० प्रतिशत चुडिएकाले थप उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको ढुङगानाले बताए। छुरा हान्ने पाण्डेलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ।

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  ६ : ५७ बजे