७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

धुर्कोटले ‘क’ वर्गका अपाङ्गलाई घरमै स्वास्थ्य सेवा दिने



गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिकाले ‘क’ वर्गका अपाङ्गहरुलाई घरमै निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम गाउँसभामा पेश गर्नुहुँदै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले ‘क’ वर्गका अपाङ्गहरुको लागि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभएको हो ।

‘क’ वर्गका अपाङ्गहरु हिँड्डुल गर्न नसक्ने भएको र स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेकोले घरमै स्वास्थ्य सेवा दिने नीति गाउँपालिकाले लिइएको छ । त्यसका लागि महिनामा न्यूनतम एकपटक स्वास्थ्यकर्मी लक्षित वर्गका घरमा पठाइने र आवश्यक परे अन्य समयमा पनि स्वास्थ्यकर्मी अपाङ्गको घरमा पठाउने उहाँले बताउनुभयो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको लागि पनि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने तथा गाउँपालिका केन्द्रमा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ५ असार २०८२ बिहिबार ००:००  १ : ५३ बजे