काठमाडौं ।
चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनामा कामको खोजीमा ७ लाख ६० हजार ३ सय ९१ युवा विदेशिएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठमा मात्र ७४ हजार ४ सय ६७ जनाले श्रम स्वीकृति लिएका छन् । यस अनुसार हरेक महिना औसत ६९ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।
तथ्यांक अनुसार यस वर्ष सबैभन्दा धेरै यूएईमा युवाले श्रम स्वीकृति लिएका छन् । यसबाहेक साउदी अरब, कतार, मलेसिया सहित गन्तव्यमा धेरै युवाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।
विभागका अनुसार जेठमा मात्र यूएईमा २४ हजार ७ सय ४ जनाले श्रम स्वीकृति लिएका छन् । साउदीमा ११ हजार ९ सय ६१ र कतारमा ११ हजार ९१ जनाले श्रम स्वीकृति लिएका छन् ।
| क्र.सं. | महिना | संख्या |
| १ | साउन | ५९,५७५ |
| २ | भदौ | ५७,४९३ |
| ३ | असोज | ५३,५२५ |
| ४ | कात्तिक | ७०,९९० |
| ५ | मंसिर | ८४,२२६ |
| ६ | पुस | ६७,२५८ |
| ७ | माघ | ७२,४४१ |
| ८ | फागुन | ६८,९६३ |
| ९ | चैत | ७३,४०३ |
| १० | वैशाख | ७८,०५० |
| ११ | जेठ | ७४,४६७ |







प्रतिक्रिया