अर्घाखाँची ।
अर्घाखाँचीमा एक समलिंगी जोडीले विवाह दर्ता गराएको छ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका निवासी फुलमायाँ ९नाम परिवर्तन० र कपिलवस्तुको कपिलवस्तु नगरपालिका निवासी निरमायाँ ९नाम परिवर्तन० ले यही २०८२ जेठ १८ गते विवाह गरेका थिए। अर्घाखाँचीको एक वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो।
अर्घाखाँचीकी २३ वर्षीया फुलमायाँ र कपिलवस्तुकी २० वर्षीया निरमायाँ आवश्यक कागजातसहित विवाह दर्ता गर्न आएपछि दर्ता गरिएको वडा सचिवको भनाइ छ। ‘सुरुमा अली अन्यौलता जस्तै भयो,ु वडा सचिवले भने, ‘सम्बन्धित ठाउँमा सोधपुछपछि विवाह दर्ताको प्रमाणपत्र दियौं।’
विवाह दर्तामा अर्घाखाँचीकी फुलमायाँलाई दुलाहा र कपिलवस्तुकी निरमायाँलाई दुलही उल्लेख गरिएको छ। पछिल्लो डेढ वर्षदेखि उनीहरू प्रेम सम्बन्धमा थिए।
पछिल्लो समय नेपालमा समलिंगी विवाहलाई मान्यता दिन थालिएपछि यो विवाह दर्ता सम्भव भएको हो। पछिल्लो केही वर्षयता समलिंगी विवाह दर्ता गर्न ‘छुट्टै रजिस्टर’ कायम गरी विवाहलाई अस्थायी रूपमा दर्ता गर्न थालिएको हो।
९हाललाई परिचय गोप्य राख्ने विवाहित जोडीको आग्रहपछि सबै परिचय गोप्य राखिएको छ।







प्रतिक्रिया