६ असार २०८३, शनिबार | Sat Jun 20 2026

पोखरामा ‘स्पा सेन्टर’बाट आठ बालिकाको उद्धार



पर्वत ।
प्रहरीले पोखरा महानगरपालिकामा सञ्चालित तीनवटा ‘स्पा सेन्टर’बाट आठ बालिकाको उद्धार गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पोखरा महानगरपालिका-६ मा सञ्चालनमा रहेका स्पा सेन्टरबाट बालिकाको उद्धार गरिएको हो। जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास शाखाबाट खटिएको टोलीले १८ वर्षभन्दा कम उमेरका आठ बालिकाको उद्धार गरेको हो।

पर्सल्यान स्पाबाट दुई, ताराहिल लज स्पा एण्ड ब्युटी केयरबाट दुई र इभेन्डर ब्युटी एण्ड स्पाबाट चार बालिकाको उद्धार गरिएको हो।

उद्धार गरिएका बालिकालाई स्पा सेन्टर हरूले बाल श्रम ऐन, २०५६ विपरीत जोखिमपूर्ण व्यवसायमा लगाएको देखिएकाले उनीहरूलाई कारबाहीको लागि श्रम तथा रोजगार कार्यालय पोखरामा सिफारिश गरिएको छ। उद्धार गरिएका बालिकाहरूलाई समेत सोही कार्यालयमा पठाएको कास्की प्रहरीले बताएको छ।

प्रकाशित मिति : १८ असार २०८२ बुधबार ००:००  ९ : ०७ बजे