२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

एम्बुलेन्स र विंगर एकआपसमा ठोक्किदा कपिलवस्तुमा एक जनाको मृत्यु, १२ घाईते



कपिलवस्तु ।

कपिलवस्तुमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पुर्व(पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिंगे जंगलमा एम्बुलेन्स र बिंगर एकआपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको हो भने १२ जना घाईते भएका छन् ।

सोमबार करिब ४ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकी ९५ बर्षीया वृद्धा ईन्द्रकला रानाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

अर्घाखाचीबाट बुटवल जादै गरेको एम्बुलेन्स र बुटवलदेखि चन्द्रौटातर्फ जादै गरेको लु १ ज ४२८० नम्बरको बिंगर एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

घाईतेहरुमध्ये एक जनाको अवस्था गम्भिर रहेको र थप उपचारका लागि बुटवल रिफर गरिएको जनाईएको छ । अन्य घाईतेहरुको कपिलवस्तु सामुदायिक अस्पताल, युनाईटेड हस्पिटल र सि एण्ड सि हस्पिटल चारनम्बरमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २३ असार २०८२ सोमबार ००:००  ६ : ४० बजे