२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

त्रिशूली नदी किनारमा सावधानी अपनाउन धादिङ प्रशासनको आग्रह



काठमाण्डौ ।

त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर त्रिशूली नदीको उपल्लो भू(भाग नुवाकोट र रसुवातर्फ अत्यधिक वर्षा भएको भन्दै त्रिशूली नदी किनारका दुवैतर्फ बाढीको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन भनेको हो ।

प्रशासनले नदी किनार आसपासका बासिन्दालाई आवश्यकता नपरेसम्म नदीको नजिक नजान, बालबालिका र पशु चौपाया सुरक्षित स्थानमा राख्न र सम्भावित जोखिम क्षेत्रमा गएका व्यक्तिहरूलाई तत्काल सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ असार २०८२ मंगलबार ००:००  ७ : ४६ बजे