६ असार २०८३, शनिबार | Sat Jun 20 2026

बाँदरबाट मुक्ति पाउन व्यावसायिक बेसारखेती



रामेछाप ।

मन्थली नगरपालिका वडा नं–८ चिसापानीका किसानले बाँदरको समस्या समाधानका लागि व्यावसायिक बेसारखेती शुरु गरेका छन्। बारीमा लगाएको मकैमा बाँदरले आक्रमण गरेपछि उनीहरुले त्यसको विकल्पमा बेसारखेती शुरु गरेका हुन् ।

बेसार बिक्रीबाट राम्रै आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । हाल स्थानीय बजारमा बेसार प्रतिकिलो ३०० रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

नगदेबालीका रुपमा लिइने बेसारखेतीबाट राम्रो आम्दानी हुने गरेको किसान श्रीप्रसाद घिमिरे बताउँछन्। ‘बाँदरकै कारण गाउँ रित्तिन थालेको छ, धेरै मानिसहरु बसाइ सरिसकेका छन्, मैले विकल्पमा १० रोपनीमा बेसारखेती गरेको छु’, उनले भने। आफूहरुले अभियानकै रुपमा बेसारखेती गरेको र थप जमिनमा रोप्ने तयारी पनि गरिरहेको उनको भनाइ छ ।

बसाइँ सरेपछि यहाँका बाँझा बारीमा पछिल्लो समय बेसारखेती हुन थालेको उहाँको भनाइ छ। बाँदरबाट जोगाउनका लागि धेरै किसानले बेसारसँगै अमरिसोको खेती पनि गरिरहेका छन् ।

प्रकाशित मिति : ३२ असार २०८२ बुधबार ००:००  १२ : ०३ बजे