१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

बाणगंगामा एक पुरुष मृत फेला



मायादेवी अनलाइन, जितपुर ।

बाणगंगा २ नन्दनगरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। बाणगंगा ३ धनगौलीका अन्दाजी ६० वर्षीय गोरखनाथ यादव बिहान ६ बजे मृत अवस्थामा फेला परेका हुन् । मर्निङ वाकको क्रममा स्थानीयले देखेपछि प्रहरीलाई सूचना गरेका थिए। इलाका प्रहरी कार्यालय पिपराको टोली घटनास्थल पुग्दा स्कुटी सहित उनी मृत अवस्थामा फेला परेक थिए । उनको पोस्टमार्टम का लागि पिपरा अस्पताल राखीएको छ । स्कुटीमा खुद्रा व्यापार गर्दै आएका यादव केही समयदेखि सुगर र प्रेसरको बिरामी रहेको प्रारम्भिक अनुसन्धानले जनाएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२ बुधबार ००:००  ९ : १६ बजे