१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

दिवा खाजाले नियमित हुन थाले विद्यार्थी



दिपा महत, कपिलवस्तु ।
केही वर्ष अघिसम्म विद्यालयमा नियमित रूपमा मुस्किलले हाजिर हुने कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरकी ११ वर्षीय टिना पासी अहिले भने नियमित रूपमा विद्यालय जान थालेकी छन् । सोही वडामा रहेको कनकमुनी माविमा अध्ययनरत टिना विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि मात्र नियमित रूपमा विद्यालय आउन थालेकी हुन् ।

‘विद्यालयमा नियमित रूपमा थरिथरीका खाजाहरु पाइन्छ यसले गर्दा विद्यालय नियमित आउने गरेकी छु ।’ टिनाले भनिन् ‘अहिले कक्षा ४ मा पढ्छु दिवा खाजा कक्षा ५ सम्मका विद्यार्थीका लागि मात्र पाइने भएकाले माथिल्लो कक्षामा पनि खाजाको व्यवस्था गर्नु पर्छ ।’ यस्तै सोही वडाकी अर्चनाले सोमबार दिउँसो विद्यालयमा खिर खाँदै थिइन् । विभिन्न कारणले बिचमा विद्यालय छाड्न पुगेकी अर्चना आजभोलि भने दिवा खाजा सञ्चालनसँगै विद्यालयमा नियमित रूपमा आउने गरेकी छन् । विद्यालयले दिनकै फरक फरक खाजा दिने गरेको उनी सुनाउँछिन् ।

कनकमुनी माविमै कक्षा ५ मा अध्ययन गर्ने रैयान खानले पहिले विद्यालयमा आउँदा खाजाको रूपमा चाउचाउ बिस्कुट ल्याउने गर्दथे । तर पछिल्लो दुई वर्ष यता विद्यालयले नै खाजा तयार पारी वितरण गर्न लागेपछि आफूसङै धेरै साथीहरूले बजारका जंगफुडहरु खान छाडेको रैयान बताउँछन् । स्कुलमा दिनदिनै थरी थरीका खाजा खान पाइने भएकाले पनि आफू नियमित रूपमा आउने गरेको उनी सुनाउँछन् ।
पछिल्लो समय विद्यालयले दिन लागेको दिवा खाजाले कपिलवस्तुमा धेरै विद्यार्थी नियमित रूपमा विद्यालय आउने गरेका छन् । कनकमुनी माविमा दिवा खाजा कार्यक्रम सञ्चालन पश्चात् विद्यार्थी नियमित हुनुका साथै भर्ना दर पनि बढेको कनकमुनीका प्रअ दुर्गा बहादुर खत्रीले बताए ।
बढ्दै भर्ना दर
सो विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुनु पूर्व र सञ्चालन पश्चात् विद्यार्थी संख्यामा वृद्धि भएको छ । प्रअ खत्रीका अनुसार यसअघि पूर्व प्रावि तहमा ३ सय ४९ विद्यार्थी थिए ,दिवा खाजा कार्यक्रम सञ्चालन पश्चात् भने विद्यार्थी सङ्ख्या ५ सय ३ पुगेको छ ।
‘दिवा खाजा कार्यक्रम सञ्चालन पश्चात् नियमित रूपमा विद्यालय नआउने विद्यार्थी पनि विद्यालय आउन लागेका छन् ।’ प्रअ खत्री भने कनकमुनी माविमै कक्षा ५ मा अध्ययन गर्ने रैयान खानले पहिले विद्यालयमा आउँदा खाजाको रूपमा चाउचाउ बिस्कुट ल्याउने गर्दथे । तर पछिल्लो दुई वर्ष यता विद्यालयले नै खाजा तयार पारी वितरण गर्न लागेपछि आफूसङै धेरै साथीहरूले बजारका जंगफुडहरु खान छाडेको रैयान बताउँछन् । स्कुलमा दिनदिनै थरी थरीका खाजा खान पाइने भएकाले पनि आफू नियमित रूपमा आउने गरेको उनी सुनाउँछन् ।
पछिल्लो समय विद्यालयले दिन लागेको दिवा खाजाले कपिलवस्तुमा धेरै विद्यार्थी नियमित रूपमा विद्यालय आउने गरेका छन् । कनकमुनी माविमा दिवा खाजा कार्यक्रम सञ्चालन पश्चात् विद्यार्थी नियमित हुनुका साथै भर्ना दर पनि बढेको कनकमुनीका प्रअ दुर्गा बहादुर खत्रीले बताए ।
बढ्दै भर्ना दर
सो विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुनु पूर्व र सञ्चालन पश्चात् विद्यार्थी संख्यामा वृद्धि भएको छ । प्रअ खत्रीका अनुसार यसअघि पूर्व प्रावि तहमा ३ सय ४९ विद्यार्थी थिए ,दिवा खाजा कार्यक्रम सञ्चालन पश्चात् भने विद्यार्थी सङ्ख्या ५ सय ३ पुगेको छ ।
‘दिवा खाजा कार्यक्रम सञ्चालन पश्चात् नियमित रूपमा विद्यालय नआउने विद्यार्थी पनि विद्यालय आउन लागेका छन् ।’ प्रअ खत्री भने ू हामीले वर्षौँदेखि विभिन्न भर्ना अभियान सञ्चालन गर्दा पनि विद्यालय ल्याउन नसकेका विद्यार्थी दिवा खाजा पश्चात् नियमित भएका छन्, यो सकारात्मक पक्ष हो तर कक्षा ५ पछि भने यो चुनौतीपूर्ण देखिन्छ ।’
दिवा खाजा कार्यक्रमले कनकमुनी माविमा १ सय ५४ जना विद्यार्थी नयाँ भर्ना भएका छन् । ६४ जना विद्यार्थी नियमित रूपमा उपस्थित भएका छन् । कार्यक्रमबाट विद्यार्थीको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव परेको शिक्षक बताउँछन् । प्रअ खत्री भन्छन ू ‘दक्षिणी क्षेत्रमा जनचेतनाको अभावका कारण मानिसलाई स्वास्थ्य तथा शिक्षामा त्यति चासो पाइँदैन तर दिवा खाजामा दिइने स्वास्थ्यबर्दक खानाले भने पछिल्लो समय विद्यार्थीलाई विद्यालयमा नियमित बनाउन लागेको छ ।ू
कनककमुनी माविमा कृषि विषयको पनि अध्यापन हुने भएकाले जिल्ला स्वास्थ्य कार्यालयको सहयोग तथा समन्वयमा विद्यालय परिसरमै विभिन्न प्रकारका तरकारीहरू उत्पादन गर्ने गरेको खत्रीले बताए । उनका अनुसार विद्यालय परिसरमा गहु, धान पनि रोपेर विद्यार्थीलाई उत्पादनसँग जोडने काम पनि गरिएको छ ।
करिब २० विगाह जग्गा रहेको यस विद्यालयमा करिब ७ कट्ठा जग्गामा गत वर्ष २०८१ सालबाट धान तथा गहुखेतीसुरु गरिएको हो ।
यस्तै विद्यालय हाता भित्रनै ३ कट्ठा जग्गामा तरकारी खेती र ३ कट्ठामा माछा पोखरी निर्माण गरी यस वर्षबाट नै ३ हजार माछाको भुरा राखिएको प्रधानाध्यापक दुर्गा बहादुर खत्रीले बताए ।
खाद्य उत्पादनको अभ्यास
‘ विद्यालयमा विद्यार्थीलेनै धान, गहु लगायत सागसब्जी रोप्ने गरेका छन् तर विद्यालयमा उत्पादन भएका खाद्य बस्तुले मात्र दिवा खाजालाई धान्ने अवस्था भने छैन । ‘ प्रअ खत्री भन्छन् ‘ विद्यार्थी सङ्ख्या बढी भएको हुँदा यहाँ उत्पादन भएको खाद्यवस्तुले ५५ प्रतिशत माग धानेको छ, आगामी दिनमा थप व्यवस्थित तवरले कृषि गर्ने र दिवा खाजाको लागि आवश्यक खाध्यान्न विद्यालयमा नै उत्पादन गर्ने गरी तयारीमा जुटेका छौ ।’
सो विद्यालयमा गत वर्ष ५ क्विन्टल धान र ७ क्विन्टल गहु उत्पादन भएको थियो ।
विजयनगर गाँउपालिकाका सामुदायिक विद्यालयमा पनि दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित हुन थालेका छन् । विजयनगर गाउँपालिका २ मा अवस्थित दुधाधारी माविका प्रधानाध्यापक सुग्रीव प्रसाद कोरीका अनुसार प्रावि तहमा ३० देखि ४० जनासम्म विद्यार्थी दिवा खाजा संचालन सँगै नियमित उपस्थित हुने गरेका छन् । विद्यालयमा दिवा खाजा सुरु हुनुअघि अधिकांश विद्यार्थीको खाजा बजारका चाउचाउ बिस्कुटजस्ता जंकफुड हुने गर्थे ।
‘अधिकांशले पैसा लिएर आउँथे, त्यसले किन्ने भनेको चाउचाउ, चटपटे, बिस्कुट हो र त्यही खान्थे,’ उनले भने, ‘अहिले विद्यालयमै खाजा हुन्छ, खाजाको लागि भनेर पैसा पनि ल्याउनु परेन, ।’
विद्यालयले नियमित तालिका अनुसार चना, अण्डा, खीर, हलुवा, जाउलोजस्ता खाजा खुवाउँछ ।
अनुगमन
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा मगरले विद्यालयले स्थानीय उत्पादनलाई जोड दिँदै खाजा खुवाउने गरेको बताए । ू कार्यक्रमबाट धेरै विद्यार्थी खाजा खानकै लागि भए पनि विद्यालय नियमित आउने गरेका छन् । ू मगर भन्छन् ू दिवा खाजाका लागि सरकारले दिने रकम पर्याप्त नभए पनि यसलाई केही बढाएर खाजाको गुणस्तरलाई वृद्धि गर्ने आफ्नो लक्ष्य रहेको छ । ू
विद्यालयमा सञ्चालन भएको दिवा खाजाको अनुगमन सम्बन्धित पालिकाले गर्ने भएकाले अनुगमन नियमित रूपमा गरिरहेको मगरले बताए ।
प्रदेशकै नमुना जनता मावि पिपरामा विद्यार्थीको सङ्ख्या उल्लेखनीय मात्रामा रहेको छ । जनता माविमा कक्षा ५ सम्म ७ सय ९७ विद्यार्थी अध्ययन गर्दछन् । विद्यालयका प्रधानाध्यापक रमेश पन्थीका अनुसार विपन्न तथा मजदुर परिवारका बालबालिकालाई विद्यालयमा नियमित गराउन दिवा खाजा कार्यक्रमले मद्दत गरेको छ । दिवा खाजा कार्यक्रम सञ्चालन पश्चात् १ सय बढी विद्यार्थी नियमित हुन थालेको प्रअ पन्थीले बताए ।
ू विद्यालयले दैनिक रूपमा चना, आलु भुजा, हलुवा, चिउरा तथा फलफूलहरू दिने गरेको छ, यसले विद्यार्थीको स्वास्थ्यमा पनि सुधार गरेको देखिन्छ। ू प्रअ पन्थी भन्छन् ू करिब ८ सय जना विद्यार्थीलाई विद्यालयमै खाजा बनाएर खुवाउनुपर्ने हुन्छ, यसले उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ तर खाजा बनाउनका लागि ३,४ जना मानिस आवश्यक पर्ने हुँदा केही झन्झट भने अवश्य भएको छ ।’
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले पनि जनता मावि पिपरालाई यहि ज्येष्ठ २९ गते जंग फुड ( पत्रु खाना) निषेध घोषणा गरेको छ। जनता माविले करिब १० कट्ठा जग्गामा विभिन्न तरकारीहरू उत्पादन गर्दै आएको छ ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सरकारको लक्ष्य अनुरुपनै दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई नियमित बनाउनुका साथै कक्षा कोठामा नियमित गराउने र उनीहरूको स्वास्थ्यमा सुधार ल्याउन मद्दत गरेको बताए । अर्यालका अनुसार हरेका सामुदायिक विद्यालयमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमको अनुगमन गर्ने काम सम्बन्धित पालिकाको गर्दै आएका छन् । अर्याल भन्छन् ‘हामीले दिवा खाजा कार्यक्रमको गुणस्तरबारे अनुगमन गरेको छौ, निश्चित मापदण्डमै रहेर विद्यालयहरूले खाजा कार्यक्रम सञ्चालन गरेका छन् ।’
अहिलेको महँगीमा १५ रुपैयाँले दिवा खाजा कार्यक्रमले राखेको उद्देश्य पूरा गर्न र अपेक्षा गरिए अनुसारको नतिजा प्राप्त गर्न समस्या देखिएको विद्यालयका प्रअहरुको गुनासो छ ।
दिवा खाजाका लागि दिइने रकममा थप गर्न सकिएमा विद्यार्थीलाई थप पौष्टिक तत्त्व प्रदान गर्न सकिने बाणगंगा नगरपालिका ८ मा अवस्थित जनसेवा आधारभूत विद्यालयका प्रअ राजेन्द्र खनालले बताए ।
१० वटा पालिका रहेको कपिलवस्तुमा ४ सय ३६ सामुदायिक, २ सय ५ संस्थागत, १ सय ७७ मदरसा, २२ धार्मिक र ७ गुरुकुल गरी ८ सय ४७ विद्यालय रहेका छन् ।
यी मध्ये ४ सय ३६ सामुदायिक तथा १ सय ७७ वटा मदरसामा इसिडी देखि ५ कक्षासम्म दिवा खाजा कार्यक्रम लागू भएको शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका सूचना अधिकारी अर्जुन कुँवरले बताए ।

‘अनुगमनका क्रममा पनि विद्यालयले आफ्नो चार्ट तालिका अनुसार नै खाजा खुवाएको पाइएको छ ।’ कुँवर भन्छन् ‘यस कार्यक्रमबाट जिल्लामा विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या घट्नुका साथै भर्ना दर बढेको देखिएको छ ।’
‘दिवा खाजा कार्यक्रम नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८ बाट देशका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्मका सबै विद्यार्थीका लागि व्यवस्था गरेको हो ।

बालबालिकाको ६ वर्षको उमेरसम्म हुने मस्तिष्क विकासको मुख्य चरणलाई समेत यस कार्यक्रमले आधार बनाएको देखिन्छ ।
बालबालिकाले दैनिक रूपमा प्राप्त गर्नुपर्नेमध्ये ३० प्रतिशत पौष्टिकता प्राप्त गर्नेबाहेक अन्य केही महत्त्वपूर्ण उद्देश्य दिवा खाजा कार्यक्रमले लिएको छ। त्यसमध्ये शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि र सिकाई स्तर सुधार गरी गुणस्तरीय आधारभूत शिक्षामा समतामूलक पहुँच बढाउने एक हो भने दिवा खाजामा स्थानीय कृषि उपजको उपभोग बढाएर विद्यालय र कृषि उत्पादनबिच सम्बन्ध स्थापित गरी कृषि प्रतिफल बढाउने र स्थानीय आर्थिक बजार विस्तार गर्ने अर्को उद्देश्य हो ।
यस कार्यक्रमका लागि साबिकको कर्णाली अञ्चलका ५ जिल्लाका लागि प्रति विद्यार्थी २० रुपैयाँका दरले र बाँकी ७२ जिल्लाका लागि प्रतिविद्यार्थी १५ रुपैयाँका दरले वार्षिक रूपमा १८० दिन नबढ्ने गरी सरकारले स्थानीय तहमार्फत तोकिएको प्रक्रिया पूरा गरी सशर्त अनुदानका रूपमा विद्यालय खाजा कार्यक्रमका लागि बजेट विनियोजन गर्छ ।
स्वास्थ्यमा सकारात्मक प्रभाव
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले विद्यालयमा पौष्टिक तथा घरमै उत्पादन भएका खाद्य वस्तुहरू को प्रयोग गर्नुपर्नेमा जोड दिएको छ । ’अहिले जिल्लाका १० वटा स्थानीय तहका १० वटा सामुदायिक विद्यालयमा जंग फुड निषेध गरिएको छ । ’ स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकाल भन्छन् ’दिवा खाजा कार्यक्रमले विद्यार्थीको स्वास्थ्यमा पनि प्रभाव पारेको देखिन्छ, समुदाय स्तरमा अभिभावकलाई पनि घरमै उत्पादन भएका खाद्य बस्तुको प्रयोग वारे सचेत गराउनुपर्ने अवस्था छ ।’
कपिलवस्तु नगरपालिका शिक्षा अधिकृत युवराज भुसालका अनुसार नेपाल सरकारले विद्यार्थीको स्वास्थ्य एव पोषणका विद्यामान अवस्थामा सुधार ल्याउने गरी यो कार्यक्रम लागु गरेको हो ।
पोषणयुक्त खाद्यान्नको अभाव पहिचान भएका विशेष क्षेत्रका बालबालिका लाई लक्षित गरी शिक्षामा सुधार ल्याउने, विद्यालय उमेर समूहका बालबालिकाको भर्ना दरमा वृद्धि गरी शिक्षाको पहुँचमा वृद्धि गर्ने, विद्यार्थीको कक्षा दोहोर्‍याउने र कक्षा छाड्ने प्रवृत्तिमा कमी ल्याउँदै कक्षा उपस्थिति दरमा वृद्धि गर्ने, विद्यार्थीहरूको शैक्षिक क्षति न्यून गरी सिकाई उपलब्धि बढाउने कार्यक्रमका उद्देश्यहरू रहेका छन् ।‍

हामीले वर्षौँदेखि विभिन्न भर्ना अभियान सञ्चालन गर्दा पनि विद्यालय ल्याउन नसकेका विद्यार्थी दिवा खाजा पश्चात् नियमित भएका छन्, यो सकारात्मक पक्ष हो तर कक्षा ५ पछि भने यो चुनौतीपूर्ण देखिन्छ ।’
दिवा खाजा कार्यक्रमले कनकमुनी माविमा १ सय ५४ जना विद्यार्थी नयाँ भर्ना भएका छन् । ६४ जना विद्यार्थी नियमित रूपमा उपस्थित भएका छन् । कार्यक्रमबाट विद्यार्थीको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव परेको शिक्षक बताउँछन् । प्रअ खत्री भन्छन ‘दक्षिणी क्षेत्रमा जनचेतनाको अभावका कारण मानिसलाई स्वास्थ्य तथा शिक्षामा त्यति चासो पाइँदैन तर दिवा खाजामा दिइने स्वास्थ्यबर्दक खानाले भने पछिल्लो समय विद्यार्थीलाई विद्यालयमा नियमित बनाउन लागेको छ ।’
कनककमुनी माविमा कृषि विषयको पनि अध्यापन हुने भएकाले जिल्ला स्वास्थ्य कार्यालयको सहयोग तथा समन्वयमा विद्यालय परिसरमै विभिन्न प्रकारका तरकारीहरू उत्पादन गर्ने गरेको खत्रीले बताए । उनका अनुसार विद्यालय परिसरमा गहु, धान पनि रोपेर विद्यार्थीलाई उत्पादनसँग जोडने काम पनि गरिएको छ ।
करिब २० विगाह जग्गा रहेको यस विद्यालयमा करिब ७ कट्ठा जग्गामा गत वर्ष २०८१ सालबाट धान तथा गहुखेतीसुरु गरिएको हो ।
यस्तै विद्यालय हाता भित्रनै ३ कट्ठा जग्गामा तरकारी खेती र ३ कट्ठामा माछा पोखरी निर्माण गरी यस वर्षबाट नै ३ हजार माछाको भुरा राखिएको प्रधानाध्यापक दुर्गा बहादुर खत्रीले बताए ।
खाद्य उत्पादनको अभ्यास
‘ विद्यालयमा विद्यार्थीलेनै धान, गहु लगायत सागसब्जी रोप्ने गरेका छन् तर विद्यालयमा उत्पादन भएका खाद्य बस्तुले मात्र दिवा खाजालाई धान्ने अवस्था भने छैन । ‘ प्रअ खत्री भन्छन् ‘ विद्यार्थी सङ्ख्या बढी भएको हुँदा यहाँ उत्पादन भएको खाद्यवस्तुले ५५ प्रतिशत माग धानेको छ, आगामी दिनमा थप व्यवस्थित तवरले कृषि गर्ने र दिवा खाजाको लागि आवश्यक खाध्यान्न विद्यालयमा नै उत्पादन गर्ने गरी तयारीमा जुटेका छौ ।’
सो विद्यालयमा गत वर्ष ५ क्विन्टल धान र ७ क्विन्टल गहु उत्पादन भएको थियो ।
विजयनगर गाँउपालिकाका सामुदायिक विद्यालयमा पनि दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित हुन थालेका छन् । विजयनगर गाउँपालिका २ मा अवस्थित दुधाधारी माविका प्रधानाध्यापक सुग्रीव प्रसाद कोरीका अनुसार प्रावि तहमा ३० देखि ४० जनासम्म विद्यार्थी दिवा खाजा संचालन सँगै नियमित उपस्थित हुने गरेका छन् । विद्यालयमा दिवा खाजा सुरु हुनुअघि अधिकांश विद्यार्थीको खाजा बजारका चाउचाउ बिस्कुटजस्ता जंकफुड हुने गर्थे ।
‘अधिकांशले पैसा लिएर आउँथे, त्यसले किन्ने भनेको चाउचाउ, चटपटे, बिस्कुट हो र त्यही खान्थे,’ उनले भने, ‘अहिले विद्यालयमै खाजा हुन्छ, खाजाको लागि भनेर पैसा पनि ल्याउनु परेन, ।’
विद्यालयले नियमित तालिका अनुसार चना, अण्डा, खीर, हलुवा, जाउलोजस्ता खाजा खुवाउँछ ।
अनुगमन
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा मगरले विद्यालयले स्थानीय उत्पादनलाई जोड दिँदै खाजा खुवाउने गरेको बताए । ’ कार्यक्रमबाट धेरै विद्यार्थी खाजा खानकै लागि भए पनि विद्यालय नियमित आउने गरेका छन् । ’ मगर भन्छन् ’ दिवा खाजाका लागि सरकारले दिने रकम पर्याप्त नभए पनि यसलाई केही बढाएर खाजाको गुणस्तरलाई वृद्धि गर्ने आफ्नो लक्ष्य रहेको छ । ’
विद्यालयमा सञ्चालन भएको दिवा खाजाको अनुगमन सम्बन्धित पालिकाले गर्ने भएकाले अनुगमन नियमित रूपमा गरिरहेको मगरले बताए ।
प्रदेशकै नमुना जनता मावि पिपरामा विद्यार्थीको सङ्ख्या उल्लेखनीय मात्रामा रहेको छ । जनता माविमा कक्षा ५ सम्म ७ सय ९७ विद्यार्थी अध्ययन गर्दछन् । विद्यालयका प्रधानाध्यापक रमेश पन्थीका अनुसार विपन्न तथा मजदुर परिवारका बालबालिकालाई विद्यालयमा नियमित गराउन दिवा खाजा कार्यक्रमले मद्दत गरेको छ । दिवा खाजा कार्यक्रम सञ्चालन पश्चात् १ सय बढी विद्यार्थी नियमित हुन थालेको प्रअ पन्थीले बताए ।
‘विद्यालयले दैनिक रूपमा चना, आलु भुजा, हलुवा, चिउरा तथा फलफूलहरू दिने गरेको छ, यसले विद्यार्थीको स्वास्थ्यमा पनि सुधार गरेको देखिन्छ।’ प्रअ पन्थी भन्छन् ‘करिब ८ सय जना विद्यार्थीलाई विद्यालयमै खाजा बनाएर खुवाउनुपर्ने हुन्छ, यसले उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ तर खाजा बनाउनका लागि ३-४ जना मानिस आवश्यक पर्ने हुँदा केही झन्झट भने अवश्य भएको छ ।’
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले पनि जनता मावि पिपरालाई यहि ज्येष्ठ २९ गते जंग फुड९ पत्रु खाना० निषेध घोषणा गरेको छ। जनता माविले करिब १० कट्ठा जग्गामा विभिन्न तरकारीहरू उत्पादन गर्दै आएको छ ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सरकारको लक्ष्य अनुरुपनै दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई नियमित बनाउनुका साथै कक्षा कोठामा नियमित गराउने र उनीहरूको स्वास्थ्यमा सुधार ल्याउन मद्दत गरेको बताए । अर्यालका अनुसार हरेका सामुदायिक विद्यालयमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमको अनुगमन गर्ने काम सम्बन्धित पालिकाको गर्दै आएका छन् । अर्याल भन्छन् ‘हामीले दिवा खाजा कार्यक्रमको गुणस्तरबारे अनुगमन गरेको छौ, निश्चित मापदण्डमै रहेर विद्यालयहरूले खाजा कार्यक्रम सञ्चालन गरेका छन् ।’

अहिलेको महँगीमा १५ रुपैयाँले दिवा खाजा कार्यक्रमले राखेको उद्देश्य पूरा गर्न र अपेक्षा गरिए अनुसारको नतिजा प्राप्त गर्न समस्या देखिएको विद्यालयका प्रअहरुको गुनासो छ । दिवा खाजाका लागि दिइने रकममा थप गर्न सकिएमा विद्यार्थीलाई थप पौष्टिक तत्त्व प्रदान गर्न सकिने बाणगंगा नगरपालिका ८ मा अवस्थित जनसेवा आधारभूत विद्यालयका प्रअ राजेन्द्र खनालले बताए ।

१० वटा पालिका रहेको कपिलवस्तुमा ४ सय ३६ सामुदायिक, २ सय ५ संस्थागत, १ सय ७७ मदरसा, २२ धार्मिक र ७ गुरुकुल गरी ८ सय ४७ विद्यालय रहेका छन् ।

यी मध्ये ४ सय ३६ सामुदायिक तथा १ सय ७७ वटा मदरसामा इसिडी देखि ५ कक्षासम्म दिवा खाजा कार्यक्रम लागू भएको शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका सूचना अधिकारी अर्जुन कुँवरले बताए । ‘अनुगमनका क्रममा पनि विद्यालयले आफ्नो चार्ट तालिका अनुसार नै खाजा खुवाएको पाइएको छ ।‘ कुँवर भन्छन् ‘ यस कार्यक्रमबाट जिल्लामा विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या घट्नुका साथै भर्ना दर बढेको देखिएको छ ।‘
‘दिवा खाजा कार्यक्रम नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८ बाट देशका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्मका सबै विद्यार्थीका लागि व्यवस्था गरेको हो ।

बालबालिकाको ६ वर्षको उमेरसम्म हुने मस्तिष्क विकासको मुख्य चरणलाई समेत यस कार्यक्रमले आधार बनाएको देखिन्छ ।
बालबालिकाले दैनिक रूपमा प्राप्त गर्नुपर्नेमध्ये ३० प्रतिशत पौष्टिकता प्राप्त गर्नेबाहेक अन्य केही महत्त्वपूर्ण उद्देश्य दिवा खाजा कार्यक्रमले लिएको छ। त्यसमध्ये शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि र सिकाई स्तर सुधार गरी गुणस्तरीय आधारभूत शिक्षामा समतामूलक पहुँच बढाउने एक हो भने दिवा खाजामा स्थानीय कृषि उपजको उपभोग बढाएर विद्यालय र कृषि उत्पादनबिच सम्बन्ध स्थापित गरी कृषि प्रतिफल बढाउने र स्थानीय आर्थिक बजार विस्तार गर्ने अर्को उद्देश्य हो ।

यस कार्यक्रमका लागि साबिकको कर्णाली अञ्चलका ५ जिल्लाका लागि प्रति विद्यार्थी २० रुपैयाँका दरले र बाँकी ७२ जिल्लाका लागि प्रतिविद्यार्थी १५ रुपैयाँका दरले वार्षिक रूपमा १८० दिन नबढ्ने गरी सरकारले स्थानीय तहमार्फत तोकिएको प्रक्रिया पूरा गरी सशर्त अनुदानका रूपमा विद्यालय खाजा कार्यक्रमका लागि बजेट विनियोजन गर्छ ।
स्वास्थ्यमा सकारात्मक प्रभाव
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले विद्यालयमा पौष्टिक तथा घरमै उत्पादन भएका खाद्य वस्तुहरू को प्रयोग गर्नुपर्नेमा जोड दिएको छ । ‘अहिले जिल्लाका १० वटा स्थानीय तहका १० वटा सामुदायिक विद्यालयमा जंग फुड निषेध गरिएको छ । ‘स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकाल भन्छन् ’ दिवा खाजा कार्यक्रमले विद्यार्थीको स्वास्थ्यमा पनि प्रभाव पारेको देखिन्छ, समुदाय स्तरमा अभिभावकलाई पनि घरमै उत्पादन भएका खाद्य बस्तुको प्रयोग वारे सचेत गराउनुपर्ने अवस्था छ ।’

कपिलवस्तु नगरपालिका शिक्षा अधिकृत युवराज भुसालका अनुसार नेपाल सरकारले विद्यार्थीको स्वास्थ्य एव पोषणका विद्यामान अवस्थामा सुधार ल्याउने गरी यो कार्यक्रम लागु गरेको हो ।

पोषणयुक्त खाद्यान्नको अभाव पहिचान भएका विशेष क्षेत्रका बालबालिका लाई लक्षित गरी शिक्षामा सुधार ल्याउने, विद्यालय उमेर समूहका बालबालिकाको भर्ना दरमा वृद्धि गरी शिक्षाको पहुँचमा वृद्धि गर्ने, विद्यार्थीको कक्षा दोहोर्‍याउने र कक्षा छाड्ने प्रवृत्तिमा कमी ल्याउँदै कक्षा उपस्थिति दरमा वृद्धि गर्ने, विद्यार्थीहरूको शैक्षिक क्षति न्यून गरी सिकाई उपलब्धि बढाउने कार्यक्रमका उद्देश्यहरू रहेका छन् ।‍

प्रकाशित मिति : २३ भदौ २०८२ सोमबार ००:००  ७ : २१ बजे