१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

पूर्वी नवलपरासीमा साउनयता जापानिज इन्सेफलाइटिसबाट ४ जनाको ज्यान गयो



काठमाण्डौ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गएको साउनयता जापानिज इन्सेफलाइटिसबाट चार जनाको ज्यान गएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीले जापानिज इन्सेफलाइटिसबाट हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिका, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला, मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष तथा कावासोती–३ का ६७ वर्षीय पुरुषको ज्यान गएको हो ।

पूर्वी नवलपरासीमा जापानिज इन्सेफलाइटिसका अहिलेसम्म १४ जना सङ्क्रमित रहेकोमा नौ जना पूर्णरुपमा निको भएका छन् । एक जनाको उपचार भैरहेको छ । सङ्क्रमित चार जनाको उपचारकैक्रममा ज्यान गएको तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जापानिज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुङ्गर–बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने तर मानिसबाट मानिसमा भने नसर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ३ कार्तिक २०८२ सोमबार ००:००  ४ : ४९ बजे