९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

कपिलवस्तुको बर्रोहियामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



कपिलवस्तु ।
कपिलवस्तुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । तौलिहवा -भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको मायादेवी गाउँपालिका वार्ड नं १ बरोहियामा बुधबार राति दुई बजेतिर ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

तौलिहबाट भैरहवा तर्फ जाँदै गरेको लु १८ प ८७ ६९ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ आइरहेको लु प्र ०१ ड्यास ००१ ख नम्बरको ट्रकले टक्कर दिँदा मोटरसाइकल चालक मायादेवी गाउँपालिका वडा नं ६ डुम्राका २५ वर्षीय ओसामा मोहम्मद मुसलमानको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ।

ओसामाको कपिलवस्तु अस्पतालमा उपचारका लागि ल्याउने क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ।

प्रकाशित मिति : ९ पुस २०८२ बुधबार ००:००  ११ : ३४ बजे