९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

महाराजगंजको १८ औँ नगर सभाः नगरको विकासका लागि हातेमालो गरेर जानुपर्नेमा जोड



कपिलवस्तु ।
महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले परिवर्तनलाई आत्मसात गर्दै सबै मिलेर नगरपालिकाको विकास गर्नु पर्ने बताउनुभएको छ । १८ औँ नगर सभामा सम्बोधन गर्दै उनले भ्रष्ट्राचार र सुशासन कायम गर्न गरिएको जेन्जीको आन्दोलनले दुई दिन मै सत्तापलट भएकोले समयको माग अनुसार सबै मिलेर महाराजगंज नगरपालिकालाई राम्रो नगरपालिका बनाउनु पर्ने बताउनुभयो ।

नगर प्रमुख कलामले आफनो कार्यकालमा दुई वटा मात्र नगर सभा गर्न बाकी रहेकोले सबैले अब विकासमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । सो अवसरमा नगरपालिकाका प्रमुख प्रमुख प्रसाशकीय अधिकृत दिपेन्द्र रेग्मीले नगरपालिकाले पहिलो पटक ३ स्थानमा घुम्ती शिबिर संपन्न गरी १ हजार १५६ जना नगरबासीलाई सेबा प्रदान गरेको बताउनुभयो ।

सोही शिबिरमा पाठेघरको क्यान्सर बिरुद्धको एचपीभिको खोप ६ सय जना किशोरीलाई लगाइएको थियो । चालु आर्थिक बर्षको ६ महिना भित्र नगरपालिकामा ३० करोड बढीका २३ वटा टेन्डर मार्फत गर्ने योजनाहरुको सुचना निकालेर काम अघि बढाइएको जानकारी दिनुभयो ।

यस्तै उपभोक्ता समिति मार्फत ७ वटा योजनाको सम्झौता भएको र नगरपालिकाको आधारभुत अस्पताल संचालनकालागि समेत तयारी गरिएको छ । यस्तै सभाले संशोधन प्रस्ताव समेत पारित गरेको छ । सो अवसरमा वडाध्यक्षहरुले बजेट कार्यान्वयमा बिभिन्न बाधा ब्यवधान आएकाले त्यसको निकास निकाल्नु पर्ने माग गरेका थिए । सभामा उप प्रमुख रिता कुमारी चौधरीको सहभागीता थियो । सभा अब्दुल कलामको अध्यक्षता, प्रशासन प्रमुख निरन्जन पौडेलको स्वागत र बुजेश कुमारको संचालनमा भएको थियो ।

प्रकाशित मिति : ९ पुस २०८२ बुधबार ००:००  ११ : ४५ बजे