८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दाङमा कुटपिटबाट एक वृद्धको मृत्यु



दाङ । दाङमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ। तोरीमा सिँचाई गर्नका लागि पानी लैजाने बिषयमा विवाद पछि कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका ६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।   स्थानीय ४० वर्षीय मईमान बस्नेतको कुटपिटबाट भण्डारीको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। हत्याको आरोपमा बस्नेतलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। मृतकको शव पोष्ट पोष्टमार्टमका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०७५ मंगलबार ००:००  ६ : ३९ बजे