२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा



काठमाडौँ ।
सरकारले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरिएको उनले बताए । साथै शैक्षिक संस्थाबाहेका कार्यालयहरूमा कार्यालय समय ९ बजेदेखि ५ बजे रहने पनि उनले जानकारी दिए ।

त्यस्तै आजको मन्त्रिपरिषद् बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ ।

इरान र अमेरिका(इजरायल युद्धका कारण नेपालमा पनि इन्धन संकट देखिन थालेको छ । साथै पछिल्लो समय पेट्रोलियम पदार्थमा समेत भारी मूल्यवृद्धि भएको छ । पछिल्लो समय पेट्रोलको भाउ प्रतिलिटर २ सय २ रुपैयाँ पुगिसकेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२ आइतबार ००:००  २ : ४३ बजे