२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

यूएईले १२८ जना नेपालीलाई आममाफी दियाे



काठमाण्डाै ।

संयुक्त अरब इमिरेट्स (यूएई) ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । विभिन्न कारणले कैद सजाय भाेग्दै आएका १२८ जना नेपालीलाई यूएईले रमजानकाे अवसरमा आममाफी दिएकाे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल सरकारको आग्रहअनुसार अबुधाबीमामा रहेको नेपाली दूतावासको समन्वयपछि यूएई सरकारले माफी दिएको परराष्ट्र मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २ बैशाख २०८३ बुधबार ००:००  ९ : १० बजे